एप्पलले फेब्रुअरी १९ मा नयाँ मोडेलको आइफोन सार्वजनिक गर्ने

काठमाडौं । एप्पलका सीईओ टिम कुकले फेब्रुअरी १९, २०२५ मा एप्पलको नयाँ मोडेल सार्वजनिक गर्ने घोषणा गरेका छन् । टिम कुकले एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘गेट रेडी टू मीट द न्यूवेस्ट मेम्बर अफ द फ्याम्ली ।’ तर यसमा कुन मोडेल सार्वजनिक हुँदैछ भन्नेबारे थप जानकारी दिइएको छैन । अनुमान गरिएअनुसार, यो नयाँ मोडेल आइफोन […]

Feb 16, 2025 - 12:45
 0
एप्पलले फेब्रुअरी १९ मा नयाँ मोडेलको आइफोन सार्वजनिक गर्ने

काठमाडौं । एप्पलका सीईओ टिम कुकले फेब्रुअरी १९, २०२५ मा एप्पलको नयाँ मोडेल सार्वजनिक गर्ने घोषणा गरेका छन् । टिम कुकले एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘गेट रेडी टू मीट द न्यूवेस्ट मेम्बर अफ द फ्याम्ली ।’

तर यसमा कुन मोडेल सार्वजनिक हुँदैछ भन्नेबारे थप जानकारी दिइएको छैन । अनुमान गरिएअनुसार, यो नयाँ मोडेल आइफोन एसई ४ (Iphone-SE-4 ) हुनसक्छ । हालै चर्चामा रहेको यो स्मार्टफोन आइफोन १४ को डिजाइनमा आधारित हुनेछ ।

आइफोन एसई ४ का मुख्य विशेषताहरू

डिजाइन र डिस्प्ले – यसमा ६.१–इन्च ओएलईडी (OLED) डिस्प्ले हुनेछ । जुन पहिलेको आइफोन एसईभन्दा ठूलो र आकर्षक हुनेछ । यसपटक होम बटन हटाइनेछ र फेस आईडी सपोर्ट गर्नेछ ।

प्रोसेसर र पफर्मेन्स – यसमा ए१८ (A18) बायोनिक चिपसेट हुनेछ । जुन एप्पलको पछिल्लो उच्च–गतिको प्रोसेसर हो । साथै, ८ जीबी र्‍याम रहने अनुमान गरिएको छ ।

क्यामेरा सेटअप – ४८ एमपी को एक रियर क्यामेरा हुनेछ, जसले उत्कृष्ट तस्बिर खिच्न मद्दत गर्नेछ । अगाडिको १२ एमपी फ्रन्ट फेसटाइम क्यामेरा सेल्फी र भिडियो कलका लागि हुनेछ ।

ब्याट्री र चार्जिङ – यसमा पहिलेको एसई मोडेलभन्दा ठूलो ब्याट्री हुनेछ, जुन लामो समय टिक्नेछ । साथै, यूएसबी टाईप सी पोर्ट हुनेछ, जसले चार्जिङलाई छिटो बनाउनेछ ।

कनेक्टिभिटी – यसमा फाइभजी कनेक्टिभिटी हुनेछ, तर एमएमवेभ फाइभजी (MMWave 5G) लाई सपोर्ट गर्न नसक्ने अनुमान छ ।

स्टोरेज– यो मोडेलमा १२८ जीबी स्टोरेज दिइने सम्भावना छ ।

नेपालमा आइफोन एसई ४ को अनुमानित मूल्य

अमेरिकामा यसको मूल्य करिब ५०० डलर (नेपाली रुपैयाँ ६५,०००) हुने अनुमान गरिएको छ । तर, नेपालमा कर र आयात शुल्क थपिएपछि यसको मूल्य करिब ८०,००० रुपैयाँसम्म पुग्न सक्छ ।

नयाँ आइफोन एसई ४ ले पहिलेको आइफोन एसई मोडेलभन्दा ठूलो स्क्रिन, राम्रो प्रोसेसर, फेस आईडी, र यूएसबी–सी पोर्ट जस्ता आधुनिक विशेषताहरू ल्याउने भएकाले लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

मिडिया रिपोर्टको अनुसार सार्वजनिक भएपछि यसको प्रीअर्डर फेब्रुअरी २१  शुक्रबारबाट सुरु हुने अपेक्षा गरिएको छ भने बजारमा फेब्रुअरी २८ बाट उपलब्ध हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register