पाकिस्तानी सेनाले सीमामा मोदीलाई पराजित गरे : इमरान खान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारतसँगको हालैको तनावले पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको बताएका छन् । जेलमा रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देश मेरो हो र सेना पनि मेरो हो ।” आफ्नो देशको सेनाले सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथालाई पराजित गरेको खानको दाबी छ । उनले लेखेका छन्, “जसरी […]

May 14, 2025 - 09:03
 0
पाकिस्तानी सेनाले सीमामा मोदीलाई पराजित गरे : इमरान खान

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारतसँगको हालैको तनावले पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको बताएका छन् ।

जेलमा रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देश मेरो हो र सेना पनि मेरो हो ।”

आफ्नो देशको सेनाले सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथालाई पराजित गरेको खानको दाबी छ । उनले लेखेका छन्, “जसरी हाम्रा सैनिकहरूले सीमामा मोदीलाई पराजित गरे । त्यसरी नै पाकिस्तानी जनताले विशेषगरी सामाजिक सञ्जालमा विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे ।”

उनले थप भनेका छन्, “मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्धवृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएका छन्, जसको जवाफ हाम्रा सेनाहरूले पूर्ण शक्ति र सटीकताका साथ दिए।”

कुनै पनि नयाँ आक्रमणको अवस्थामा पाकिस्तान तयार र एकताबद्ध रहनुपर्ने खानको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register