च्याम्पियन्स ट्रफीका ‘प्लेयर्स टू वाच’ : बाबरदेखि शुभमनसम्म  

आईसीसी च्याम्पियन्स ट्रफी (क्रिकेट)को नवौं संस्करण फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुँदैछ । यसअघि, सन् २०१७ इङ्ग्ल्यान्डमा प्रतियोगिता भएको थियो । आठ वर्षको अन्तरालपछि साविक विजेता पाकिस्तानकै मैदानमा यो खेल हुन गइरहेको छ । आठ वर्षको अन्तरालमा आईसीसी च्याम्पियन्स ट्रफी हुन गइरहे पनि पाकिस्तानले भने तीन दशकपछि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिक्रेट प्रतियोगिता आयोजनाको अवसर पाएको […]

Feb 17, 2025 - 03:54
 0
च्याम्पियन्स ट्रफीका ‘प्लेयर्स टू वाच’ : बाबरदेखि शुभमनसम्म  

आईसीसी च्याम्पियन्स ट्रफी (क्रिकेट)को नवौं संस्करण फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुँदैछ । यसअघि, सन् २०१७ इङ्ग्ल्यान्डमा प्रतियोगिता भएको थियो ।

आठ वर्षको अन्तरालपछि साविक विजेता पाकिस्तानकै मैदानमा यो खेल हुन गइरहेको छ । आठ वर्षको अन्तरालमा आईसीसी च्याम्पियन्स ट्रफी हुन गइरहे पनि पाकिस्तानले भने तीन दशकपछि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिक्रेट प्रतियोगिता आयोजनाको अवसर पाएको हो ।

यस प्रतियोगितामा भारतका बाहेक सबै खेल पाकिस्तानका तीन रङ्गशालामा हुनेछन् । आठ राष्ट्र सहभागी हुने प्रतियोगितामा सबै राष्ट्रले १५ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

एकदिवसीय (ओडीआई)का उत्कृष्ट आठ पुरुष टोलीका उत्कृष्ट खेलाडीले ५० ओभरको खेलमा सहभागीता जनाउने छन् । जसमध्ये प्लेयर्स टू वाचकाे रुपमा अधिक चर्चामा रहेका प्रमुख पाँच खेलाडीबारे यो सामग्री केन्द्रित छ ।

बाबर आजम 

बाबर आजम पाकिस्तानका पूर्वकप्तान हुन् । आईसीसी ओडीआईको ब्याटिङ अर्डरमा उनी शीर्ष स्थानमा छन् । खेल जित्न आवश्यक योगफल तयारका लागि उनीबाट पाकिस्तानले राम्रै अपेक्षा राखेको छ । ३० वर्षीय आजमले सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । ओडीआईमा १२२ खेल खेलेका उनले १९ शतक र ३४ अर्धशतक प्रहार गरेका छन् ।

दायाँ हाते ब्याट्सम्यान बाबरले टेस्टसहित टी–ट्वान्टी कप्तानबाट पनि राजीनामा दिइसकेका छन्  यद्यपि उनी पाकिस्तानी क्रिकेट टोलीका प्रेरणादायी खेलाडी हुन् ।

शुभमन गिल

सिनियर स्टार खेलाडीहरू रोहित शर्मा र विराट कोहलीसम्मिलित भारतलाई ट्रफीको दाबेदारका रुपमा हेरिएको छ । यो टोलीमा भारतीय क्रिकेटका पोस्टर ब्वाई शुभमन गिलसमेत छन् । २५ वर्षीय भारतीय ब्याट्सम्यान गिल निकै क्षमतायुक्त युवा क्रिकेटर हुन् ।

हालै, इङ्गल्यान्डविरुद्धको प्री टुर्नामेन्टको चार इनिङ्समा उनले एक खेलमा मात्रै ५० भन्दा कम रन बनाए । तीमध्ये दुई खेलमा उनले शतक प्रहार गरेका थिए । ओडीआईमा गिलले सात शतक र १५ अर्धशतक प्रहार गरेका छन् । उनको औसत रन ६०.१६ छ ।

जोस बट्लर 

ओडीआई वरीयतामा इङ्ल्यान्ड सातौं स्थानमा छ । यद्यपि, आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि दाबेदारमा उ तेस्रोमा पर्छ । यदि पाकिस्तानमा हुने खेलमा उत्कृष्ट नतिजा ल्याउने हो भने इङ्ल्यान्ड कप्तानसँग जोस बट्लरमा निर्भर छ ।

बट्लरको नेतृत्व र खेल कौशलमा इङ्ग्ल्यान्ड नतिजा निर्भर हुनेछ । भारतसँगको खेलमा व्यहोरेको तीतो नतिजाबाट टोलीलाई माथि ल्याउने जिम्मेवारी बट्लरकै काँधमा छ । हालसालैको श्रृङ्खलामा भारतले इङ्ल्यान्डविरुद्धको श्रृङ्खला क्लीन स्वीप गरेको थियो ।

बायाँ हाते ब्याट्सम्यान बट्लरले १५७ इनिङ्समा ११ शतक र २७ अर्धशतक बनाएका छन् । उनको औसत ३९.३३ छ ।

ग्लेन म्याक्सवेल

अष्ट्रेलियाका ग्लेन म्याक्सवेल मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने ब्याटसम्यान हुन् । उनी उद्धारकर्ता र फिनिसरका रुपमा परिचित छन् । १५ महिनाअघि मात्रै उनले विश्वकपमा अफगानिस्तानविरुद्ध नटआउट २०१ प्रहार गरेका थिए ।

म्याक्सवेलले सन् २०१२ मा अष्ट्रेलियाबाट डेब्यू गरेका थिए । अष्ट्रेलियन आइकोनिक खेलाडी म्याक्सवेलले एकल प्रस्तुतिले नै प्रतिद्वन्द्वीलाई हायलकायल बनाउने गर्छ । उनी बलिङ पनि निकै उत्कृष्ट गर्छन् । उनको प्रदरश्नका कारण उनी  ‘द बिग शोका उपनामले पनि परिचित छन् ।

शाहिन शाह अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान शाहिन शाह अफ्रिदी पनि पाकिस्तानका लागि निकै महत्वपूर्ण खेलाडी हुन् । उनी पाकिस्तानका विध्वङ्सात्मक बलर हुन् ।

२४ वर्षीय अफ्रिदीले दुनियाँका कुनैपनि टोलीका शीर्ष, मध्य वा तल्लोक्रमलाई हायलकायल पार्दछन् । ओडीआईका ६० खेलमा उनले १२४ विकेट जोडेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register