सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

Jun 21, 2023 - 01:39
 0
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदूरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक बिदा दिएको हो ।  

मङ्गलवार सवारी दुर्घटनामा निधन हुनुभएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णय समेत भएको छ । 

गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उहाँको धर्मपत्नी, भाउजूलगायतको निधन भएको थियो ।

सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  सुदूरपश्चिम सरकारले आज बिहान ९ः०० बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभा समेत राखेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.