नेपाल समाचारपत्रकर्मी दयाराम पण्डितलाई पितृ शोक

काठमाडौं । अग्रज पत्रकार तथा नेपाल समाचारपत्र बाजुराका जिल्ला संवाददाता दयाराम पण्डितलाई पितृ शोक परेको छ । ८७ वर्षीय पिता नन्दराम पण्डितको सोमबार निधन भएको हो । बडीमालिका नगरपालिका–७ बाजुरा स्थायी घर भएका उनको घरमै निधन भएको परिवारजनले बताएको छ । नन्दराम लामो समयदेखि दमका बिरामी थिए । उनकाे साेमबार नै दाहासंस्कार गरिएकाे थियाे । […]

Feb 17, 2025 - 11:41
 0
नेपाल समाचारपत्रकर्मी दयाराम पण्डितलाई पितृ शोक

काठमाडौं ।

अग्रज पत्रकार तथा नेपाल समाचारपत्र बाजुराका जिल्ला संवाददाता दयाराम पण्डितलाई पितृ शोक परेको छ । ८७ वर्षीय पिता नन्दराम पण्डितको सोमबार निधन भएको हो ।

बडीमालिका नगरपालिका–७ बाजुरा स्थायी घर भएका उनको घरमै निधन भएको परिवारजनले बताएको छ । नन्दराम लामो समयदेखि दमका बिरामी थिए । उनकाे साेमबार नै दाहासंस्कार गरिएकाे थियाे ।

यसै क्रममा पण्डितको निधनप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले समवेदना प्रकट गरेको छ । ‘देहविमुक्त मुक्तात्मालाई भगवान् श्रीमन्नारायणको नित्य कैङ्कर्य प्राप्त होस् भनी भगवान्सँग प्रार्थना गर्दै नन्दराम पिताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।’ –कामना प्रतिष्ठान शाखाका सचिव सूर्यप्रसाद अर्यालद्वारा प्रकाशित समवेदना पत्रमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register