६५ हजार मूल्यमा नेपाली बजारमा आयो ‘साओमी १४टी’, फोन किन्नुअघि थाहा पाउनुहोस् यी फिचर
काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘साओमी १४टी’ नेपाली बजारमा विस्तार गरेको छ । लाइकासँगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एड्भान्स्ड एआई फिचरहरू सहित उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिने कम्पनीको भनाइ छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे बोल्दै भने, “साओमी १४टी पावर, इन्टेलिजेन्स र इनोभेसनको प्रतीक हो । ला...

What's Your Reaction?






