आईएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै केही संख्यामा शाखा/उपशाखा कार्यलय प्रमुख पदमा कर्मचारी माग गरेको हो ।  मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी, बीमा, बैंकिङ तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । आवेदन दिने व्यक्ति […]

Feb 20, 2025 - 09:50
 0
आईएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै केही संख्यामा शाखा/उपशाखा कार्यलय प्रमुख पदमा कर्मचारी माग गरेको हो । 

मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी, बीमा, बैंकिङ तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । आवेदन दिने व्यक्ति कम्प्युटर ज्ञानमा दक्ष हुनुपर्नेछ भने २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

इन्स्योरेन्सको उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म आफ्नो बायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रसहित आवेदन दिन सक्नेछन् । आवेदन इन्स्योरेन्सको इमेल ठेगाना career@imelifeinsurance.com मा पठाउन सक्नेछन् ।

पारिश्रमिक र अन्य सेवा सुविधा भने कम्पनीको नियम अनुसार हुने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register