एक वर्षको अवधिमा भारततर्फ जाँदै गरेका १०२ बालबालिका र किशोरकिशोरीको उद्धार

महेन्द्रनगर । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा एक सय दुई बालबालिका र किशोरकिशोरीको उद्धार गरिएको छ । माइती नेपाल धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका भएर भारततर्फ गइरहेको अवस्थामा प्रहरीको सहयोगमा सो सङ्ख्यामा उद्धार गरिएको जानकारी दिए । […]

Feb 24, 2025 - 01:09
 0
एक वर्षको अवधिमा भारततर्फ जाँदै गरेका १०२ बालबालिका र किशोरकिशोरीको उद्धार

महेन्द्रनगर । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा एक सय दुई बालबालिका र किशोरकिशोरीको उद्धार गरिएको छ ।

माइती नेपाल धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका भएर भारततर्फ गइरहेको अवस्थामा प्रहरीको सहयोगमा सो सङ्ख्यामा उद्धार गरिएको जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएकामध्ये १८ वर्षमुनिका ५३ तथा १८ वर्षमाथिका ४९ जना रहेका छन् । यसैगरी एक सय जनालाई सुरक्षा आवास प्रदान गरिएको थियो । सोही अवधिमा एक सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको संस्थाले जनाएको छ ।

माइती नेपालले एक वर्षको अवधिमा नेपालबाट सीमानाका तर्फ जाने आठ हजार तीन सय ८२ बसको जाँच गर्नाका साथै मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना दिइएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register