‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यू गर्दै तेरिया

काठमाडौं । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन-३ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’बाट उनले डेब्यू गर्ने तयारी छ । फिल्मको मुख्य भूमिकामा तेरियासहित अभिनेता दयाहाङ राई देखिनेछन् । तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘युन की यारी’ […]

Mar 12, 2025 - 08:06
 0
‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यू गर्दै तेरिया

काठमाडौं । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन-३ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’बाट उनले डेब्यू गर्ने तयारी छ । फिल्मको मुख्य भूमिकामा तेरियासहित अभिनेता दयाहाङ राई देखिनेछन् ।

तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘युन की यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा काम गरेकी थिइन् ।

जनक घर्तीमगरको लगानी रहने फिल्ममा जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register