राष्ट्रपतिलाई भेटेपछि बाबुरामले भने : गणतन्त्रको रक्षा होस् भन्ने सदीक्षा रहेको अनुभूति भयो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शीतलनिवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक परिस्थितिबारे सम्वाद भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूले राष्ट्रपतिमा जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरुन् भन्ने सदीक्षा रहेको अनुभूति गरेको उनले बताएका […]

Mar 28, 2025 - 07:52
 0
राष्ट्रपतिलाई भेटेपछि बाबुरामले भने : गणतन्त्रको रक्षा होस् भन्ने सदीक्षा रहेको अनुभूति भयो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शीतलनिवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक परिस्थितिबारे सम्वाद भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आफूले राष्ट्रपतिमा जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरुन् भन्ने सदीक्षा रहेको अनुभूति गरेको उनले बताएका छन् ।

‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्यप्रणालीमा स्वाभाविक रुपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी सम्वाद र सहमतिबाट हल गरुन् र जनताले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरुन् भन्ने सदीक्षा रहेको अनुभूति भयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण होस् ।’

देशमा राजतन्त्र पक्षधरले आन्दोलन चर्कारहेका बेला भट्टराईले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register