कञ्चनपुरका मुक्त कमैयालाई मुआब्जा उपलब्ध गराउन सरकारसँग माग

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित काङ्ग्रेस सांसद साउदले सिँचाइ परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका–८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा […]

Feb 24, 2025 - 08:01
 0
कञ्चनपुरका मुक्त कमैयालाई मुआब्जा उपलब्ध गराउन सरकारसँग माग

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित काङ्ग्रेस सांसद साउदले सिँचाइ परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका–८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

“महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ । अधिग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,” उनले भने, “जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेखबर भएका छन् ।”

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएर गृह मन्त्रालयबाट पुनर्मूल्याङ्कन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register