संघ र प्रदेश सरकारले बजेट रोकेपछि गाउँपालिका आफैँ अस्पताल भवन बनाउँदै

May 26, 2023 - 04:46
 0
संघ र प्रदेश सरकारले बजेट रोकेपछि गाउँपालिका आफैँ अस्पताल भवन बनाउँदै
संघ र प्रदेश सरकारले बजेट रोकेपछि गाउँपालिका आफैँ अस्पताल भवन बनाउँदै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले हरेक पालिकामा कम्तीमा एउटा १५ शय्याको अस्पताल बनाउने कार्यक्रम ल्यायो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश भरिका अस्पतालको एकै पटक एकैदिन भर्चुअल माध्यमबाट शिलान्यास पनि गर्नुभयो । अस्पताल भवन शिलान्यास गरे लगत्तै केपी ओली सरकार ढल्यो । 

ओली सरकार ढलेपछि शिलान्यास गरिएका अस्पताल भवनको बजेट पनि कटौती भयो । नयाँ सरकारले ओलीले ल्याएको सो कार्यक्रमलाई निरन्तरता दिएन । 

संघ र प्रदेश सरकाको आर्थिक सहयोगबाट अस्पताल निर्माण सम्पन्न हुन्छ भनेर निर्माण कार्य थालेका अधिकांश स्थानीय तहका अस्पतालको निर्माण कार्य अलपत्र भयो । कतिपय अस्पताल भवनको शिलान्यास भएर निर्माण कार्य अघि बढेकै छैन । कतिपयले जग राखेका छन् । कतिपयको निर्माण केही अघि बढेर अलपत्र परेको छ । 

रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माण सुरु भएको १५ बेडको अस्पताललाई संघीय र प्रदेश सरकारले भवन निर्माणको बजेट नदिएपछि गाउँपालिका आफैँले निर्माण कार्य अघि बढाएको छ । 

सो गाउँपालिकाको गोगनपानीमा निर्माण सुरु गरिएको अस्पताल भवन निर्माणको लागि माथिल्ला सरकारले पैसा नदिए पनि गाउँपालिकाले आफैँ निर्माणको काम अघि बढाएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । 

३ करोड ७२ लाखको लागतमा बन्न लागेको सो अस्पताल भवन निर्माणको जिम्मा आत्रेय जेबीलाई दिएको भए पनि सो कम्पनीले समयमा काम नगरिदिएको कारण केही समस्या भएको उहाँले बताउनुभयो । अर्को वर्षसम्म काम सम्पन्न गरेर सोही भवनबाट अस्पतालको सेवा सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो । 

गाउँमा नै अस्पताल बनेमा गाउँमा बस्ने मानिसलाई निक्कै सहयोग हुने स्थानीय इन्द्रसिंह तामाङ बताउनुहुन्छ । छिटोभन्दा छिटो अस्पताल भवन बनाइ सेवा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । अस्पताल भवन छिटो बनेर सेवा प्रवाह गरे उपचारको लागि खर्च अभावमा काठमाडौं जान नसक्नले उपचार नपाएर मर्नुपर्ने दिन नआउने उहाँको भनाइ छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1