भारतीय फुटबलर सुनिलले गरे सन्यास फिर्ता

काठमाडौं । चर्चित भारतीय स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता गरेका छन् । उनले करिब ९ महिलाअघि गरेको सन्यासको निर्णय फिर्ता लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । सन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा हुन गइरहेको अन्तर्राष्ट्रिय ब्रेक दौरान हुने खेलका लागि भारतीय टोलीमा परेका छन् । मुख्य प्रशिक्षक मानोलो माक्र्वेजले २६ सदस्यीय टोलीमा उनलाई […]

Mar 7, 2025 - 07:54
 0
भारतीय फुटबलर सुनिलले गरे सन्यास फिर्ता

काठमाडौं । चर्चित भारतीय स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता गरेका छन् । उनले करिब ९ महिलाअघि गरेको सन्यासको निर्णय फिर्ता लिएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

सन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा हुन गइरहेको अन्तर्राष्ट्रिय ब्रेक दौरान हुने खेलका लागि भारतीय टोलीमा परेका छन् ।

मुख्य प्रशिक्षक मानोलो माक्र्वेजले २६ सदस्यीय टोलीमा उनलाई पनि समेटेका हुन् ।

४० वर्षीय सुनिलले गत जेठमा सन्यासको निर्णय लिएका थिए । उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । सो बेला उनी टोलीको कप्तान थिए ।

सुनिलले भारतीय टोलीबाट १५१ खेल खेल्दै कुल ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् ।

सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यू गरेका थिए । उनले डेब्यूले खेलमै गोल गरेका थिए ।

भारतले यही महिना बङ्गलादेश र माल्दिभ्सविरुद्ध खेल्दैछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register