अनलाइन स्क्यामिङमा लगाइएका दुई नेपालीको म्यानमारबाट उद्धार

काठमाडौं । म्यानमारमा अनलाइन स्क्यामिङ कार्यमा संलग्न दुई जना नेपालीलाई नेपाली राजदूतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो । फागुन १२ गते उनीहरूलाई नेपाल फर्काइएको राजदूतावासले विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । विज्ञप्तिमा दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीमा […]

Feb 24, 2025 - 10:46
 0
अनलाइन स्क्यामिङमा लगाइएका दुई नेपालीको म्यानमारबाट उद्धार

काठमाडौं । म्यानमारमा अनलाइन स्क्यामिङ कार्यमा संलग्न दुई जना नेपालीलाई नेपाली राजदूतावासले उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो ।

फागुन १२ गते उनीहरूलाई नेपाल फर्काइएको राजदूतावासले विज्ञप्ति निकाल्दै जानकारी दिएको छ । विज्ञप्तिमा दूतावासले नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको मापदण्ड र श्रम स्वीकृति अनिवार्य लिन आग्रह गरेको छ ।

विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डजस्ता देशहरूमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपर्न दूतावासले सचेतसमेत गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register