जनकपुरधाममा एक दिन ढिलो गरी उल्लासपूर्वक मनाइयो होली (तस्वीरहरू)

जनकपुरधाम । जनकपुरधामलगायत मिथिलिा क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् ।   तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी शनिबार होली मनाइएको हो । मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन […]

Mar 16, 2025 - 00:29
 0
जनकपुरधाममा एक दिन ढिलो गरी उल्लासपूर्वक मनाइयो होली (तस्वीरहरू)

जनकपुरधाम । जनकपुरधामलगायत मिथिलिा क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ ।

स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् ।

 

तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी शनिबार होली मनाइएको हो ।

मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए ।

नगरका विभिन्न स्थानमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register