प्रेमीबाट धोका : महिला प्रहरी निरीक्षकद्वारा आत्महत्या

काठमाडौं । आफ्नै प्रेमीबाट धोखा खाएपछि सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको तालिममा सहभागी सन्तोषी महतले झुन्डिएर आत्महत्या गरेकी छिन् । सशस्त्र प्रहरी निरीक्षक १६ बेसिकका सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र महतबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय जोशीले महतमाथि मानसिक रूपमा हिंसा गरेपछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । मनकामना गण भानु तनहुँमा […]

Feb 25, 2025 - 01:42
 0
प्रेमीबाट धोका : महिला प्रहरी निरीक्षकद्वारा आत्महत्या

काठमाडौं ।

आफ्नै प्रेमीबाट धोखा खाएपछि सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको तालिममा सहभागी सन्तोषी महतले झुन्डिएर आत्महत्या गरेकी छिन् ।

सशस्त्र प्रहरी निरीक्षक १६ बेसिकका सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र महतबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय जोशीले महतमाथि मानसिक रूपमा हिंसा गरेपछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । मनकामना गण भानु तनहुँमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जोशीविरुद्ध आत्महत्या दुरुत्साहनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई ब्यारेक बाहिर जान रोक लगाइएको छ ।

‘सशस्त्र प्रहरी निरीक्षक जोशीले महतमाथि शंका गर्दै जथाभाबी गाली गर्ने र चरित्रमाथि प्रश्न उठाएर विवाह नगर्ने बताएपछि पीडा सहन नसकेर आत्महत्या गरेको देखिन्छ’ –सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

पोखराको लामापाटनमा रहेको तालिम केन्द्रमा तालिमरत रहेकै बेला महतले आत्महत्या गरेपछि परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गराएका थिए । सिन्धुपाल्चोकमा जन्मिएकी महतले शुरूमा सशस्त्र प्रहरी बलमा जवानमा प्रवेश गरेको केही वर्षपछि सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालेर काम गर्दै आएकी महतले अघिल्लो वर्ष सशस्त्र प्रहरी निरीक्षकमा नाम निकालेर तालिममा रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीलाई पक्राउ गरी पठाइदिन जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक महतको परिवार अहिले अस्ट्रेलियामा रहेको र उहाँहरू नेपाल फर्किएपछि दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । उक्त घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register