‘विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैन’- प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार नहुने बताएका छन् ।  अहिले देशको अर्थमन्त्री विदेशीको इसारामा चलिरहेको सांसद सुवालको आरोप छ । उनले जबसम्म यो प्रवृत्तिका अर्थमन्त्री रहन्छन् तबसम्म देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् । नेपालले लिइरहेको विदेशी ऋण […]

Feb 26, 2025 - 04:12
 0
‘विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैन’- प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार नहुने बताएका छन् । 

अहिले देशको अर्थमन्त्री विदेशीको इसारामा चलिरहेको सांसद सुवालको आरोप छ । उनले जबसम्म यो प्रवृत्तिका अर्थमन्त्री रहन्छन् तबसम्म देशको अवस्था सुधार हुन नसक्ने बताएका छन् ।

नेपालले लिइरहेको विदेशी ऋण र अनुदानमाथि कटाक्ष गर्दै सांसद सुवालले देशको प्रतिक चिन्हमा ‘भिक्षा देउ’ भनेर राख्न मात्रै बाँकी रहेको बताएका छन् ।  

उनले अहिले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री चाहिएको पनि उल्लेख गरेका छन् । सुवालले सबै कामका लागि अन्य देशलाई गुहार्नु कदापि सही नहुने भन्दै यो प्रवृत्तिको अन्त्य नहुन्जेल देश नसुध्रिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register