‘घुस नपाई ऋण नदिने’ अघोषित नियम बनाएको नेपाल बैंकमाथि राष्ट्र बैंकको कार्वाही, करोडौँ घुस माग्दा ५ लाख तिरेर उम्किए ‘घुस्याहा काका’ !

काठमाडौँ । कर्जा प्रवाह गर्दा ‘घुस नपाई ऋण नदिने’ अघोषित नियम बनाएको नेपाल बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्र बैंकको नियम तथा निर्देशन अनुसार काम नगरेको पाइएपछि राष्ट्र बैंकले नेपाल बैंकलाई कारवाही गरेको हो ।  बैंकले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी […]

May 1, 2025 - 05:37
 0
‘घुस नपाई ऋण नदिने’ अघोषित नियम बनाएको नेपाल बैंकमाथि राष्ट्र बैंकको कार्वाही, करोडौँ घुस माग्दा ५ लाख तिरेर उम्किए ‘घुस्याहा काका’ !

काठमाडौँ । कर्जा प्रवाह गर्दा ‘घुस नपाई ऋण नदिने’ अघोषित नियम बनाएको नेपाल बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्र बैंकको नियम तथा निर्देशन अनुसार काम नगरेको पाइएपछि राष्ट्र बैंकले नेपाल बैंकलाई कारवाही गरेको हो । 

बैंकले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, नेपाल बैंकमा ‘घुस नलिई ऋण पास हुँदैन’ भन्ने आरोप प्रमाणित गरेका बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई पनि राष्ट्र बैंकले कारवाहीस्वरुप ५ लाख रुपैयाँ जरिवाना गरेको छ । राष्ट्र बैंकका अनुसार उनलाई आफ्नो पदको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिएको पाइएपछि ५ लाख जरिवाना गरिएको हो ।

राष्ट्र बैंकले गरेको अनुसन्धानबाट तत्कालीन अध्यक्ष अधिकारीले ऋणीलाई बैंकबाट ऋण मिलाइदिने भन्दै घुस लिने गरेको र सो घुसबापत लिएको रकमको कारोबार आफ्नो ड्राइभरको खातामार्फत गराउने गरेको भेटिएको थियो । 

तर, ऋणीबाट करोडौँ घुस लिएको पुष्टि हुँदा पनि उनी भने राष्ट्र बैंकले गरेको पाँच लाख जरिवाना तिरेर उम्किने दाउमा छन् । यद्यपि अधिकारीले ऋणीबाट घुस लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register