जापान जाने तयारीमा रहेकी शर्मिलाको रहस्यमय मृत्यु

काठमाडौं । खाँडादेवी गाउँपालिका, रामेछापमाकी २३ वर्षीया शर्मिला श्रेष्ठ बुधवारदेखि एकाएक सम्पर्कविहिन भइन् । जापान जाने तयारीमा रहेकी उनको मोबाइल स्वीच अफ थियो भने फेसबुक पनि डिएक्टिभ भइसकेको थियो । छोरी सम्पर्कविहीन भएपछि उनका बुबाले बुधवार इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका थिए । डिएसपी ज्ञानबहादुर खड्काका अनुसार प्रहरीले शर्मिलालाई खोज्नको लागि काम गरिरहेका थिए […]

Feb 28, 2025 - 13:31
 0
जापान जाने तयारीमा रहेकी शर्मिलाको रहस्यमय मृत्यु

काठमाडौं । खाँडादेवी गाउँपालिका, रामेछापमाकी २३ वर्षीया शर्मिला श्रेष्ठ बुधवारदेखि एकाएक सम्पर्कविहिन भइन् । जापान जाने तयारीमा रहेकी उनको मोबाइल स्वीच अफ थियो भने फेसबुक पनि डिएक्टिभ भइसकेको थियो । छोरी सम्पर्कविहीन भएपछि उनका बुबाले बुधवार इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका थिए । डिएसपी ज्ञानबहादुर खड्काका अनुसार प्रहरीले शर्मिलालाई खोज्नको लागि काम गरिरहेका थिए ।

बिहीबार अपरान्ह साढे ५ बजे काभ्रेको बनेपामा रहेको होटेल भ्यू पाहुना घरमा एक युवती मृत अवस्थामा भेटिएको खबर सार्वजनिक भयो । इलाका प्रहरी कार्यालय बनेपाको टोली होटेलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृत भेटिएकी युवति स्थानीय शर्मिला श्रेष्ठ रहेको खुल्यो ।

प्रहरीका अनुसार होटेलको सीसीटिभि फुटेजमा एक युवकले शर्मिलालाई धकेल्दै कोठामा लगेको देखिन्छ । त्यसको करिब २५ मिनेटपछि ती युवक होटेलबाट बाहिरिएको देखिन्छ ।

शर्मिलाको शवलाई धुलिखेल अस्पतालमा पोस्टमार्टम गरी शुक्रवार परिवारको जिम्मा लगाइएको डिएसपी खड्काले जानकारी दिए । घटनाको सत्यतथ्य अनुसन्धान गर्न शर्मिलाका बुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार युवतीसँगै बसेका युवक भने अहिले फरार छन् । घटनाको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको प्रहरीले जनाएको छ । फरार युवक समातिएपछि घटनाबारे थप खुल्ने बताइएको छ ।

शर्मिला विगत तीन महिनादेखि जापानीज भाषा पढिरहेकी थिइन् । उनलाई जापनीज भाषा पढाउने प्रशिक्षक प्रतिमा केसीका अनुसार जापानबाट कलेजले उनको सीओई (certificate of eligibility – ceo )  समेत पठाइसकेको थियो ।

उनका काका प्रेमकृष्णका अनुसार गाउँमै एसइईको पढाई सकाएर उनी झन्डै ५ वर्ष पहिला बनेपा आएकी थिइन् । एसइईमा राम्रो अङ्क लिएर उत्तीर्ण गरेकी उनी कक्षा १२ मा ल्याब टेक्निसियन पढेकी थिइन् । उनी कक्षा १२ पछि बनेपामै रहेको एक मेडिकलमा ल्याब टेक्निसियनको रूपमा काम गर्थिन् ।

उनका दाइ र भाउजू पहिले नै जापान गइसकेका थिए । दुई महिनाअघि उनकी दिदी पनि जापान पुगेकी थिइन् । उनी पनि जापान जान तीन महिनादेखि जापानीज भाषा अध्ययन गरिरहेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register