हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

काठमाडाैं । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान […]

Mar 2, 2025 - 05:03
 0
 हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

काठमाडाैं ।

भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।

उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान चलाइएको छ, जसको नेतृत्व सेनाको ब्रिगेडले गरिरहेको बताइएको छ । सेनाले अझै पनि बेपत्ता पाँच जनालाई खोज्न अभियान चलाइरहेका छन् । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register