आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड

धनुषा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् । धनुषाको कमला नगरपालिका ३ पर्सामा आइतबार आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखेका हुन् । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायत उत्पीडित जनताको […]

Mar 2, 2025 - 05:01
 0
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड

धनुषा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आइतबार आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखेका हुन् ।

महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको तथा मधेसी जनताको मुक्तिका लागि एक हजार ३०० मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले सम्झिए ।

मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यावहारिक अभ्यास गर्ने, संविधानमार्फत सङ्घीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्नेलगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले दृष्टान्त दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनँले यो पोशाक मात्रै नभई आफूहरूको मन पनि मधेसमा छ भन्ने विम्ब भएको उनले स्पष्ट गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register