पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

काठमाडौँ। भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टा पछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको छ आजतकको […]

May 10, 2025 - 17:09
 0
पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम, जम्मू कश्मीरमा फेरि ड्रोन आक्रमण र गोलाबारी

काठमाडौँ।

भारत र पाकिस्तानबीच ८६ घण्टा लामो युद्ध शनिबार साँझ ५ बजे समाप्त भएको ३ घण्टा पछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ। जम्मू कश्मीरमा सीमापार पाकिस्तानको उत्तेजक गतिविधि फेरि एकपटक तीव्र भएको भारतीय संचारमध्यमले जनाएका छन् । शनिबार राति पाकिस्तानले धेरै गोलीबारी गरेको र कश्मीरको बारामुल्ला जिल्लामा एक शंकास्पद ड्रोनका कारण विस्फोट भएको छ आजतकको समाचारमा उल्लेख छ।

जसअनुसार, पाकिस्तानले अखनूर, राजौरी र आरएसपुरा अन्तर्राष्ट्रिय सीमामा तोपखाना प्रहार गरेको छ। त्यही समयमा, बारामुल्लामा ड्रोनद्वारा आक्रमण.बारामुल्लामा पनि ब्ल्याकआउट भएको छ। श्रीनगरका धेरै क्षेत्रहरूमा बिजुली आपूर्ति बन्द छ।

यसबाहेक, राजस्थानको पोखरणमा ठूलो संख्यामा ड्रोनहरू आउँदैछन्। यद्यपि, प्रतिरक्षा प्रणालीले तिनीहरूलाई नष्ट गरिरहेको छ। राजौरीमा पनि गोलीबारी भएको रिपोर्ट आएको बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register