आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 27, 2025 - 10:44
 0
आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ८६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register