विधिवत् रुपमा सुरु भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रवार बिहान रङ्गीविरङ्गी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी […]

Mar 7, 2025 - 06:03
 0
विधिवत् रुपमा सुरु भयो होली, बसन्तपुरमा चीर ठड्याइयो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । शुक्रवार बिहान रङ्गीविरङ्गी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौँ लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो । होली पर्वको शुभारम्भ भएको जनाउ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ । पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसियालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिन्छ । 

धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म एकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ । यही विश्वास अनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register