राम्रोसँग बैंक चलाउन नसकेका गोबिन्द गुरुङ पनि गभर्नरको ‘रेस’मा, गभर्नर बनाउन मन्त्रिमार्फत लबिङ !

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङ नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेको पाइएको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन थालेपछी राष्ट्र बैंकमा अब बन्ने नयाँ गभर्नरको दौडमा गुरुङ पनि रहेको पाइएको हो । उनले गभर्नरका लागि लबिङ समेत सुरु गरिसकेका छन् ।  २०७९ फागुन ७ गते कृषि […]

Mar 9, 2025 - 03:33
 0
राम्रोसँग बैंक चलाउन नसकेका गोबिन्द गुरुङ पनि गभर्नरको ‘रेस’मा, गभर्नर बनाउन मन्त्रिमार्फत लबिङ !

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङ नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेको पाइएको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन थालेपछी राष्ट्र बैंकमा अब बन्ने नयाँ गभर्नरको दौडमा गुरुङ पनि रहेको पाइएको हो । उनले गभर्नरका लागि लबिङ समेत सुरु गरिसकेका छन् । 

२०७९ फागुन ७ गते कृषि विकास बैंकको सिइओमा नियुक्त भएका गुरुङको कार्यकाल सन्तोषजनक भने देखिएको छैन । उनी सिइओ भए यता बैंकको पर्फमेन्स झन् खस्किँदै गएको छ । यतिसम्म कि उनकै कार्यकालमा बैंकभित्र कर्जा प्रवाह, संस्थागत सुशासन लगायतमा थुप्रै समस्या देखिएका छन् । 

हाल बैंकसमेत राम्रोसँग चलाउन नसकेका उनै गुरुङ गभर्नरको दौडमा छन् । उनले नेपाल सरकारका एक मन्त्रीमार्फत आफूलाई गभर्नर बनाइदिन लबिङ सुरु गरिरहेको पनि पाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register