प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को बजेटको मूल विधेयक (विनियोजन विधेयक) बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि उक्त विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । त्यसपछि बहुमतले पारित भएको […]

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को बजेटको मूल विधेयक (विनियोजन विधेयक) बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि उक्त विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । त्यसपछि बहुमतले पारित भएको हो ।
विद्युत खरिद्बारे बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’सम्बन्धी व्यवस्था हटाइएपछि विनियोजन विधेयक पारित भएको हो ।
मंगलबारको बैठकमा रास्वपा र राप्रपा भने अनुपस्थित रहेका थिए ।
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि मात्र बजेट पारित हुने गर्छ ।
What's Your Reaction?






