युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाइने

काठमाडौँ । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। श्रममन्त्री भण्डारीले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका छन् । उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी […]

Jun 24, 2025 - 12:02
 0
युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाइने

काठमाडौँ । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

श्रममन्त्री भण्डारीले भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका छन् ।

उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौँ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौँ । वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’

मन्त्री भण्डारीले युरोपमा संस्थागतरुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरुमा श्रमिक पठाउने तयारी भइरहेको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register