गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रौतहट । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ।  सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरुले  नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् । गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह […]

Mar 9, 2025 - 06:05
 0
गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रौतहट ।

संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ। 

सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरुले  नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् ।


गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रती नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले सांसद सिंह  मुर्दावाद,  भगौडा साँसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग भनेर नारा लगाएका थिए।

प्रदर्शनकारीहरु ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरबासी सँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनी विरुद्ध कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register