पूर्व महान्याधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का विद्यार्थीले कलेजकै कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले बारम्बार यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । सङ्ग्रौलाले मौखिक यौन दुर्व्यवहार गरेको विद्यार्थीको आरोप छ । सङ्ग्रौला २ फागुन ०६७ देखि १२ भदौ ०६८ सम्म महान्यायधिवक्ता थिए । कलेजमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जालमा पोष्ट गर्दै सङ्ग्रौलाले […]

Mar 9, 2025 - 08:33
 0
पूर्व महान्याधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का विद्यार्थीले कलेजकै कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले बारम्बार यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । सङ्ग्रौलाले मौखिक यौन दुर्व्यवहार गरेको विद्यार्थीको आरोप छ ।

सङ्ग्रौला २ फागुन ०६७ देखि १२ भदौ ०६८ सम्म महान्यायधिवक्ता थिए ।

कलेजमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जालमा पोष्ट गर्दै सङ्ग्रौलाले कक्षा कोठामा निरन्तर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उनले सङ्ग्रौला LGBTQI  समुदायप्रति असहिष्णु रहेको र उनीहरूमाथि अनुपयुक्त टिप्पणी गर्ने आरोप लगाएकी छन् ।

सङ्ग्रौलाले विद्यार्थीसँग असहज हुनेगरी कुराकानी गर्ने गरेको, यौनका विषयमा अशोभनिय टिप्पणी गरेको ती विद्यार्थीको आरोप छ । छात्राका अुनसार सङ्ग्रौलाले एकपटक उनलाई प्रेमी नबनाउन सुझाएका थिए । सङ्ग्रौलाले भनेको कुरा भन्दै लेखेकी छिन्, ‘पुरुषसँग नसुत्नु, विवाह गर्नु र सम्बन्धबाट टाढै रहनु किनभने सबै प्रेमी यौन चाहन्छन् ।’

यति मात्र होइन सङ्ग्रौलाले महिलाको शरीरबारे बारम्बार टिका–टिप्पणी गर्ने गरेको र, महिलाको शरीर हेरेर भविष्यमा उनीहरुले जन्माउन सक्ने बच्चाको आकारबारे अनुमान गर्ने गरेको आरोप लगाएकी छिन् ।

सङ्ग्रौलाले LGBTQI अधिकारको पक्षमा बोल्ने विद्यार्थीसँग नराम्रो व्यवहार गर्ने गरेको र LGBTQI समुदायमाथि असोभनिय टिप्पणी गर्ने गरेको आरोप लगाएकी छिन् ।

ती छात्राका अनुसार एकपटक प्रश्नको जवाफ दिन नसक्दा सङ्ग्रौलाले ‘तिमिहरुको आमाले तिमिहरुलाई जन्माउनुको सट्टा गर्भपतन गरेको भए हुन्थ्यो’ भनेको अरोप लगाएकी छिन् ।

आफूले सङ्ग्रौलाले गर्ने दुर्व्यवहारका विषयमा कलेज प्रशासनमा लिखित उजुरी दिएको पनि उनले बताएकी छन् । उनले मङ्सिर २७ मा यस विषयमा कलेजमा उजुरी दिएकी थिइन् । उजुरी दिँदा पनि कलेज प्रशासनले सुनुवाइ नगरेको उनको आरोप छ । उनी लेख्छिन्, ‘तिमी मलाई फेल गर्न सक्छौ तर, मेरो आवाज बन्द गर्न सक्दैनौ ।’

सङ्ग्रौलाले गर्ने यस्ता टिप्पणी र दुर्व्यवहारको विरोध गर्दा  उनले  विद्यार्थीलाई निलम्बनको धम्की दिने ती छात्राको आरोप छ ।

आरोपबारे सङ्ग्रौलाका भनाइ

हाम्रोमा कसले कसलाई यौन दुर्व्यवहार गर्‍यो भन्ने कुरा कहिल्यै पनि कसैको निवेदन छैन । हाम्रोमा यस विषयमा अुनसन्धान गर्ने बकाइदा कमिटी छ ।

हिजोअस्ति बारको चुनाव घोषणा भयो । त्यो चुनावमा मैले दलहरु स्वीकार गरिदैँन भनेर लेखेपछि केही कानून व्यवासीयले USAID को कुरा  पनि उप्काएका थिए । अहिले आरोप लगाउने यो केटी पाँचौं वर्ष पास आउट गरेको हो । उनी डिप्रेसनको बिरामी हुन् ।  त्यसलाई त म चिन्दिनँ पनि । कलेज कै स्पोन्सरमा टिकटसहित हेगमा मुटकोर्ट प्रतिस्पर्धामा गएको थियो यो केटी । त्यहाँ प्रतिस्पर्धामा हाम्रो टिम राम्रो थियो । तर, हार्यो । पछि बुझ्दा आपसमा विवाद भएर हारेका रहेछन, यो केटी एकातिर अरु टिम एकातिर भएको रहेछ ।

सङ्ग्रौलाले LGBTQI को  विरोध गर्छ भनेर एउटा मिम आयो । यो केटीले त्यहाँ कमेन्ट लेखि, ‘यस्तो हुन्छ, उस्तो हुन्छ’ भनेर । अनि हामीले उसलाई र उसको आमालाई बोलायौं, यतिखेर जाँच आउन लागेको थियो । पछि यसले युवराज सङ्ग्रौलाले LGBTQI को विरोध गर्छ । प्रेगनेन्ट भएको बेला महिलाहरुको अनुहार कस्तो हुन्छ भनेर क्लासमा भन्छ भन्ने खालको चार, पाँच वटा बुँदा लेखेर कार्यकारी निर्देशक(युवराज सङ्ग्रौला)माथि कारबाही गरिपाउँ भनेर लेख्यो ।अब कसले ? कसलाई ? कहाँ ? यस्तो गरेको हो मलाई थाह छैन ।

हाम्रो(कलेज)मा को LGBTQI हो हामीलाई थाह छैन । यस्ता कुरा गरेर हिँड्ने मलाई फुर्सद पनि छैन । अनि हाम्रोमा दुर्व्यवहार छानबिन गर्ने कमिटी पनि छ, उसको निवेदन त्यो कमिटीमा फरवार्ड पनि भयो, त्यस्तो खास कुरा केही होइन र जाँचको बेला डिस्टर्ब नगरौँ भन्ने कुरा भयो ।
यहाँ, पहिला हामीले निकालेको त होइन कलेजको विरुद्धमा लागिरहने एउटा विद्यार्थी छ । त्यसको वरीवरी अरु केही विद्यार्थी पनि छन् । यी पाँच सात जनाले यस्तो गरिरहन्छन् । अहिले यी थुप्रो कलेजहरु खुलेका छन्, यी कलेज खोलेकालाई ‘काठमाडौं स्कूल अफ ल लाई ड्यामेज गर्न सकियो भने हाम्रोमा विद्यार्थी आउँछन्’ भन्ने लागेको छ ।

यहाँ त संस्था बनाउन नदिने भए । हामीले कम्युनिटिका रुपमा कलेज चलाएका छौं । यस्तो संस्था बनाउनेहरुमाथि निरन्तर आक्रमण हुन्छ । कसरी पो धान्ने हो यो, सबैथोक छाडेर जोगी पो हुने हो कि भन्ने लाग्छ बेला बेला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register