तोकेको क्षेत्रमा आन्दोलन सीमित नहुने राजावादीको चेतावनी, सरकारी घुसपैठको आरोप
काठमाडौं । तिनकुने क्षेत्रमा दिनभर उग्र प्रदर्शन गरेको राजावादी समूहले आन्दोलन हिंसात्मक हुनुका पछाडि सरकारी घुसपैठ भएको आरोप लगाएको छ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै ‘आन्दोलनमा सरकारी पक्षले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्याइएको र घुसपैठ गरेको’ आरोप लगाएको हो । बालाजु, कलंकी, बुढानीलकण्ठ र चाबहिल लगायतका […]

काठमाडौं । तिनकुने क्षेत्रमा दिनभर उग्र प्रदर्शन गरेको राजावादी समूहले आन्दोलन हिंसात्मक हुनुका पछाडि सरकारी घुसपैठ भएको आरोप लगाएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै ‘आन्दोलनमा सरकारी पक्षले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्याइएको र घुसपैठ गरेको’ आरोप लगाएको हो ।
बालाजु, कलंकी, बुढानीलकण्ठ र चाबहिल लगायतका क्षेत्रहरूमा नागरिकहरूको आवागमनमा प्रतिबन्ध लगाएको आरोप विज्ञप्तिमा लगाइएको छ । ‘राजसंस्था पुनर्स्थापनाका लागि सुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरङ्कुश र प्रतिगामी सत्ताधारीहरूद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकोमा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको भन्दा धेरै सङ्ख्यामा जनताहरूको सहभागी भएपछि सरकारी पक्ष आत्तिएको आरोप राजावादी समूहको छ ।
समितिले आन्दोलन सरकारले तोकेको क्षेत्रमा मात्र सीमित नहुने समेत चेतावनी दिएको छ । विज्ञप्तिमा घाइते आन्दोलनकारी र प्रहरीहरूको निःशुल्क उपचार गर्न, क्षतिग्रस्त व्यवसायीहरूलाई क्षतिपूर्ति दिन र सर्वपक्षीय वार्ता र संवाद गर्न माग गरिएको छ ।
What's Your Reaction?






