युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु
काठमाडौं । युट्युब च्यानल सब्सक्राइब गर्दा २०० रुपैयाँ पाएपछि लोभिँदा एक लाख ३० हजार रुपैयाँ गुमाएका पीडितले सचेत रहन आग्रह गरेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको एक भिडिओ सन्देशमार्फत ती पीडित युवाले यस्तो ठगीबाट अपरिचित व्यक्तिबाट आएको मेसेज वा लिङ्क नखोल्न तथा कुराकानी नगर्न सुझाएका हुन् । उनका अनुसार सुरुमा एक अपरिचित व्यक्तिबाट ह्वाट्सएपमा मेसेज आएको थियो । ती व्यक्तिसँग कुरा गर्दा एउटा युट्युब च्यानल सब्सक्राइबमा २०० रुपैयाँ आम्दानी हुने प्रस्ताव आयो । त्यति गरेपछि आफूलाई पाँच/दश ओटा च्यानल सब्सक्राइब गर्न लगाइएको र...

What's Your Reaction?






