जारी छ ‘सानो केटो’को प्रभाव : यसपटक पनि हुन सक्छ गत वर्षजस्तै चर्को गर्मी

काठमाडौं । के तपाईंलाई सम्झना छ– जलवायुविज्ञ तथा वैज्ञानिकका अनुसार गत वर्ष अर्थात सन् २०२४ पृथ्वीको इतिहासमा आजसम्मकै सर्वाधिक गर्मी वर्ष थियो । तथ्याङ्कमा मात्र हैन, सामान्य जनजीवनमा पनि धेरैले चर्को गर्मी अनुभव गरेका थिए । चर्को गर्मीको प्रभाव नेपाल, भारतलगायत दक्षिण एसियाली देशमा समेत परेको थियो । गत वर्ष विश्वका १८० देशमा यस्तो चर्को गर्मी अनुभव गरिएको थियो […]

Mar 11, 2025 - 07:51
 0
जारी छ ‘सानो केटो’को प्रभाव : यसपटक पनि हुन सक्छ गत वर्षजस्तै चर्को गर्मी

काठमाडौं के तपाईंलाई सम्झना छ– जलवायुविज्ञ तथा वैज्ञानिकका अनुसार गत वर्ष अर्थात सन् २०२४ पृथ्वीको इतिहासमा आजसम्मकै सर्वाधिक गर्मी वर्ष थियो । तथ्याङ्कमा मात्र हैन, सामान्य जनजीवनमा पनि धेरैले चर्को गर्मी अनुभव गरेका थिए । चर्को गर्मीको प्रभाव नेपाल, भारतलगायत दक्षिण एसियाली देशमा समेत परेको थियो । गत वर्ष विश्वका १८० देशमा यस्तो चर्को गर्मी अनुभव गरिएको थियो ।

त्यसअघि सन २०२३ पनि कीर्तिमानी गर्मी वर्ष थियो । सन २०२४ ले त्यसलाई तोडेको थियो । यस वर्षको गर्मी मौसम नजिकिँदैछ । कतै यो वर्ष पनि गत वर्षजस्तै चर्को गर्मी खेप्नु पर्ने त हैन ?

वैज्ञानिक भन्छन्– यस वर्ष पनि सन् २०२४ कै जस्तो गर्मी भयो भने कुनै आश्चर्य हुने छैन । किनकि, चर्को गर्मीका मुख्य दुई कारण विश्व तापमान वृद्धि र अल निनो (सानो केटो) को प्रभाव दुवै यो वर्ष पनि पहिलेजस्तै क्रियाशील छन् ।

अल निनोबारे जान्न यो लिङ्कमा जानुहोस :

गर्मी बढ्नुको मुख्य कारण ‘सानो केटो’, ‘सानी केटी’ आएपछि बल्ल घट्छ

विश्व तापमान वृद्धिको समस्या सबैले स्वीकार गर्दछन् । तर, यसको कारण के हो ? र, कसरी अनुकुलन गर्न सकिन्छ ? भन्ने विषयमा फरकफरक धारणा छन् ।

पर्यावरण वैज्ञानिक भन्छन्– कोइला, तेल, ग्यासजस्ता इन्धनको विश्वव्यापी अधिक प्रयोग र कार्बन उत्सर्जन वैश्विक तापमान वृद्धिका मुख्य मानव– जनित कारण हुन् । यसलाई रोक्ने उपाय जल, वायु र सौर्य स्रोतमा आधारित हरित तथा नवीकरणीय उर्जा प्रयोग बढाउनु र जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनु हो ।

हरित गृह प्रभाव पार्ने कार्बनडाई अक्साइड, मिथेन, वाटर भेपोरनिट्रक्स अक्साइडजस्ता ग्यासको उत्सर्जन कम गरेर विश्व तापमान वृद्धि रोक्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

१८ औं युरोपेली औद्योगिक क्रान्ति अघि यस्ता इन्धन असाध्यै कम प्रयोग हुन्थे । उद्योगधन्दा र यातायातका साधनको विकास र विस्तारसँगै हरित गृह प्रभाव पार्ने ग्यासहरूको उत्सर्जन व्यापक हुँदै गयो । पृथ्वीको तापमान औद्योगिक क्रान्ति अघिभन्दा त्यस यता १.२ डिग्री सेल्सियसले बढेको अनुमान छ ।

तापमान वृद्धिका मानव–जनित कारणलाई रोक्न राज्य र सरकारहरूको अथक प्रयत्न गर्न आवश्यक पर्दछ । तर, कतिपय देशले जलवायु परिवर्तन र विश्व तापमान वृद्धिको अवधारणालाई नै स्वीकार गरेका छैनन् । अमेरिकाजस्तो शक्तिशाली देश पेरिस जलवायु सम्झौतामा सहभागी छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प तेल र ग्यासको उत्पादन बढाउने प्रयत्नमा छन् ।

तापमान वृद्धिको प्राकृतिक कारण भने अल निनो प्रभाव हो । विश्व मौसम सङ्गठनका अनुसार अल निनो प्रभावको पछिल्लो चक्र सन् २०२३ बाट सुरु भएको हो र सन् २०२७ सम्म रहन सक्छ । यी वर्षभित्र तापमान वृद्धिले अधिकतम सीमा १.५ डिग्री सेल्सियस छुन सक्ने छ ।

प्रशान्त महासागरीय क्षेत्रमा हुने सामुद्रिक जलवायु प्रक्रियाको एउटा चरणलाई अल निनो भनिन्छ । यस चरणमा त्यहाँको हावा पूर्वबाट पश्चिमतर्फ बहन्छ । तर, हावाको बहावले जल सतहमा पर्ने प्रभाव भने उल्टो हुन्छ ।

‘अल निनो प्रभाव’ गर्मी हुनुको प्राकृतिक कारण हो । जब अल निनो चरण अन्त्य हुन्छ ल-निनो चरण सुरु हुन्छ । ल-निनो चरणमा गर्मी कम हुन्छ । यही कारण हो कि कुनै वर्ष गर्मी धेरै हुन्छ र कुनै वर्ष कम । विशेषतः प्रशान्त महासागरीय क्षेत्रको पूर्वी खण्डमा यसको बढी प्रभाव पर्दछ । यदि जलवायु परिवर्तन मात्र जिम्मेवार हुने भए गर्मी निरन्तर बढ्दो क्रममा मात्र हुने थियो ।

यस वर्ष पनि जलवायु परिवर्तन, विश्व तापमान वृद्धिसँग अल निनो प्रभाव जारी रहेको हुँदा चर्को गर्मी हुन सक्दछ ।

गर्मी बढ्नुको मुख्य कारण ‘सानो केटो’, ‘सानी केटी’ आएपछि बल्ल घट्छ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register