काठमाडौंका अधिकाङ्श क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, मीनभवन लगायतमा हुँदै (तस्वीरहरू)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशका अधिकाङ्श आङ्गिक क्याम्पसमा आज (मङ्गलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वरर कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो । अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशका अधिकाङ्श आङ्गिक क्याम्पसमा आज (मङ्गलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।
काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वरर कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो ।
अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको छ ।
मीनभवनस्थित नेपाल कमर्श, थापाथली र पुल्चोक इन्जिनियरिङमा भने मतदान जारी छ ।
कीर्तिपुरको केन्द्रीय क्याम्पस र पद्मकन्यामा भने यही चैत ८ गते निर्वाचन हुँदैछ ।
तस्वीरमा हेरौं मीनभवन क्याम्पसका दृश्य :
सम्बन्धित समाचार : आरआरमा अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसङ्घको प्रतिक्रिया : पराजित मानसिकता (तस्वीरहरू)
What's Your Reaction?






