सरकारले शिक्षकसँग गरेको सम्झौता अवहेलना गर्नु खेदजनक : सांसद केसी
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकहरुसँग गरिएको सम्झौता लागू गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौतालाई निरन्तर अवहेलना गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले भने, “सरकारले गरेको सम्झौता अवहेलना गर्नु भनेको खेदजनक मात्र होइन, निन्दनीय हो । राज्यले कसैलाई वचन दिएपछि त्यसको पालना गर्नुपर्छ । शिक्षकहरुसँग भएको […]

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकहरुसँग गरिएको सम्झौता लागू गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौतालाई निरन्तर अवहेलना गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
केसीले भने, “सरकारले गरेको सम्झौता अवहेलना गर्नु भनेको खेदजनक मात्र होइन, निन्दनीय हो । राज्यले कसैलाई वचन दिएपछि त्यसको पालना गर्नुपर्छ । शिक्षकहरुसँग भएको सम्झौता कार्यान्वयन होस् ।”
उनले वार्ता र संवादद्वारा शिक्षकहरुसँगको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
What's Your Reaction?






