राष्ट्रिय अपाङ्गता संगठन दोलखामा पशुपति नेपाली

दोलखा। राष्ट्रिय अपाङ्गता सङ्गठन दोलखाको तेस्रो जिल्ला सम्मेलनले पशुपति नेपालीको  अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । त्यसैगरी राजीव तमाङको अध्यक्षतामा ११ सदसिय भीमेश्वर नगर समिति गठन गरेको छ ।  जिल्ला कार्यसमितिको उपाध्यक्षमा कृष्ण घिसिङ, सचिव रिता तमाङ र उपसचिव लक्ष्मी खड्का चयन भएका छन् । समितिको सदस्यहरुमा बिष्णु कार्की, रेश्मा सापकोटा, […]

Mar 12, 2025 - 17:03
 0
राष्ट्रिय अपाङ्गता संगठन दोलखामा पशुपति नेपाली

दोलखा।

राष्ट्रिय अपाङ्गता सङ्गठन दोलखाको तेस्रो जिल्ला सम्मेलनले पशुपति नेपालीको  अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । त्यसैगरी राजीव तमाङको अध्यक्षतामा ११ सदसिय भीमेश्वर नगर समिति गठन गरेको छ । 

जिल्ला कार्यसमितिको उपाध्यक्षमा कृष्ण घिसिङ, सचिव रिता तमाङ र उपसचिव लक्ष्मी खड्का चयन भएका छन् । समितिको सदस्यहरुमा बिष्णु कार्की, रेश्मा सापकोटा, चम्पा तमाङ, होम भुजेल, लिला तमाङ, शान्ता मगर, सिता अधिकारी, बाबुकाजी तमाङ, चमेली सापकोटा, टेक बहादुर थामी, लालिमाया जिरेल, ध्यान बहादुर थापा, मैया बिमली, कुमार खत्री र हरि कोईराला रहेका छन् । 

त्यसैगरी राष्ट्रिय अपाङ्गता सङ्गठन दोलखा भीमेश्वर नगर समितिको उपाध्यक्षमा भुदा कार्की, सचिव सारदा कटुवाल र उपसचिव हिल बहादुर नेपाली रहेका छन् । समितिको सदस्यहरुमा शुकबीर थामी, रुपा तमाङ, तुलसी अधिकारी, राधिका थापा, रविनन्दन विश्वकर्मा, कृष्ण कुसुले र तस्विर श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय अपाङ्गता सङ्गठन दोलखाको तेस्रो जिल्ला सम्मेलन तथा पालिका कमिटी गठन कार्यक्रमको उद्घाटन गर्दै  संगठनका केन्द्रीय उपाध्यक्ष रमेश लामाले अपाङ्गता भएका नागरिकको अधिकारको लागि नेकपा एमालेले खेलेको भूमिका सकारात्मक र उपलब्धि मुलक रहेको बताए । 

संगठनको जिल्ला कार्यसमिति अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका सचिव स्वयम बहादुर खड्का, पत्रकार चिरञ्जीवी मास्के, नेकपा एमाले भीमेश्वर नगरकमिटी सदस्य दावा लामा, वडा नम्बर ३ को वडा कमिटी अध्यक्ष लुङ्गुर लामा, मखन पाण्डे, पशुपति नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register