सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ ।  सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । युनाइटेड नेसन्स मल्टिडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाईजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ हाई रिडीनेस प्रोटेक्सन बटालियनअन्तर्गत दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी कपिल […]

Feb 24, 2025 - 10:06
 0
सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ ।

 सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।

युनाइटेड नेसन्स मल्टिडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाईजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ हाई रिडीनेस प्रोटेक्सन बटालियनअन्तर्गत दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा फाल्गुण ११ गते नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register