होस्टेल ३’ले अहिलेसम्म कति कमायो ?

‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो [...] The post होस्टेल ३’ले अहिलेसम्म कति कमायो ? appeared first on Jhapa Online.

Mar 13, 2025 - 11:45
 0
होस्टेल ३’ले अहिलेसम्म कति कमायो ?


‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो हुने देखिएको छ ।

पहिलो साता विहीबारसम्मको कलेक्सन साढे २ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । हलमा हेर्दा अधिकांश युवा दर्शक यो फिल्म हेर्न पुगेका छन् । डेढसय शोसहित शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो सप्ताहन्त पनि सुखद कमाइ गर्ने अनुमान गर्न सकिन्छ ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले कलेज र होस्टेल जीवनको कथा भन्छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी, आशिष घिमिरे, हेमा नगरकोटी, पदम तामाङ लगायतको अभिनय छ ।

The post होस्टेल ३’ले अहिलेसम्म कति कमायो ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register