झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी : ९ पदमा १५ जनाको उम्मेदवारी
झापा, ११ बैशाख । झापा जिल्ला सहकारी संघमा ९ पदमा १५ जनाको उम्मेवारी परेको छ । संघमा अध्यक्षसहित ११ पदमा सर्वसम्मत भए पनि बाँकी ९ वटा पदमा आकांक्षी बढी हुँदा १५ जनाको उम्मेदवारी परेको हो । केही पदमा सर्वसम्मतको प्रयास विफल भएपछि संघको आगामी कार्यकालका लागि बैशाख १३ गते निर्वाचन हुने निश्चित भएको छ । [...] The post झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी : ९ पदमा १५ जनाको उम्मेदवारी appeared first on Jhapa Online.

झापा, ११ बैशाख । झापा जिल्ला सहकारी संघमा ९ पदमा १५ जनाको उम्मेवारी परेको छ । संघमा अध्यक्षसहित ११ पदमा सर्वसम्मत भए पनि बाँकी ९ वटा पदमा आकांक्षी बढी हुँदा १५ जनाको उम्मेदवारी परेको हो ।
केही पदमा सर्वसम्मतको प्रयास विफल भएपछि संघको आगामी कार्यकालका लागि बैशाख १३ गते निर्वाचन हुने निश्चित भएको छ ।
संघको एक जना खुला उपाध्यक्ष पदमा अर्जुन दंगाल, डिल्ली दाहाल र नारायणप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।
त्यस्तै, सचिव पदमा भवानीप्रसाद दंगाल, युवराज गिरी र लक्ष्मीप्रसाद बाँस्कोटाको उम्मेदवारी परेको छ ।
यस्तै, सहसचिवमा टसबहादुर श्रेष्ठ र बिनोद ढकालको उम्मेदवारी परेको छ । तीन जना खुला सदस्य पदमा काशिनाथ घिमिरे, कृष्ण पौडेल, चक्रबहादुर लिम्बू, ढुण्डीराज गुरागाईं, नारायणप्रसाद गौतम र प्रेमसागर सापकोटाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
क्षेत्रीय सदस्य पदमा क्षेत्र नं. २ मा युवराज गौत र लवकुमार चौधरी, क्षेत्र नं. ४ मा पदमबहादुर लिम्बू र वीरेन्द्र पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै, लेखा सुपरीक्षण समिति संयोजकमा खडानन्द गुराईं र चुडामणि ओझाको उम्मेदवारी परेको छ ।
संघको निर्वाचन बैशाख १३ गते शनिबारका दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म बिर्तामोडस्थित साई पार्टी प्यालेस सिटी सेन्टरको सभा हलमा हुने निर्वाचन समितिले जनाएको छ ।
The post झापा जिल्ला सहकारी संघमा चुनावी सरगर्मी : ९ पदमा १५ जनाको उम्मेदवारी appeared first on Jhapa Online.
What's Your Reaction?






