वीपी स्मृति प्रतिष्ठानको विविध कार्यक्रम

द्रोण अधिकारीभद्रपुर, २ चैत । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपभल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो । प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन [...] The post वीपी स्मृति प्रतिष्ठानको विविध कार्यक्रम appeared first on Jhapa Online.

Mar 15, 2025 - 09:06
 0
वीपी स्मृति प्रतिष्ठानको विविध कार्यक्रम

द्रोण अधिकारी
भद्रपुर, २ चैत ।
विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ ।

प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपभल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन गरेको कार्यक्रममा झापा, मोरङ, सुनसरी र इलामका १५ जना गजलकारले रसिक गजल सुनाएका थिए भने चर्चित गायक अर्जुन खरेल, निरज पोखरेल तुलसा पाठकले आ—आफना सिर्जना विभिन्न गीत गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको साँस्कृतिक नृत्यहरू समेत प्रस्तुती रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका पुराना नेता तथा पूर्व सांसद डिल्लीप्रसाद सिटौला र भाषासेवी चुडामणि रेग्मीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेता सिटौलाले वीपीको सिद्धान्त बिर्सेर राजनीतिक नेतृत्व अगाडि बढ्दा देश संकटको घडीमा पुगेको भन्दै चाकडी, चाप्लुसी र भ्रष्ट आचरणका कारण देश बर्वादीतिर गएको धारणा राखे । नेता सिटौला आफूले काँग्रेस राजनीतिमा लाग्दा देखेको सपना पूरा गर्न नसकेको भन्दै भक्कानिएका थिए ।

कार्यक्रममा विश्वेश्वरप्रसाद कोइरालाका साहित्यिक रचनामा नारीवादको प्रयोग शीर्षकमा समूह छलफल समेत गरिएको थियो । सचरकर्मी तथा लेखक कुमार भट्टराईले छलफलमा सहजीकरण गरेको कार्यक्रममा लेखक तथा पत्रकार चन्द्र भण्डारी,समालोचक डा. रत्नमणि नेपाल, सहप्राध्यापक लक्ष्मी पौडेल, कोइरालाका साहित्यिक रचनामा नारीवादको सशक्त प्रयोग भएको धारणा राखेका थिए ।

The post वीपी स्मृति प्रतिष्ठानको विविध कार्यक्रम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register