वनमन्त्री ठकुरीलाई दूतावासमा स्वागत, दरबारको आतिथ्यप्रति आभार

लन्डन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायू परिवर्तनको असरबाट नेपाल अत्यन्तै प्रभावित भएको बताएका छन्। आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ गरेको स्वागत समारोहमा मन्त्री ठकुरीले जलवायू परिवर्तनको असर कृषि, पर्यटन र जनजीवनमा परेकाले विकास र प्रजातन्त्रका लागि अग्रणी भूमिका खेलेको देश बेलायतले नेपाललाई थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे । जलवायू […]

Mar 15, 2025 - 09:31
 0
वनमन्त्री ठकुरीलाई दूतावासमा स्वागत, दरबारको आतिथ्यप्रति आभार

लन्डन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायू परिवर्तनको असरबाट नेपाल अत्यन्तै प्रभावित भएको बताएका छन्।

आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ गरेको स्वागत समारोहमा मन्त्री ठकुरीले जलवायू परिवर्तनको असर कृषि, पर्यटन र जनजीवनमा परेकाले विकास र प्रजातन्त्रका लागि अग्रणी भूमिका खेलेको देश बेलायतले नेपाललाई थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

जलवायू र जैविक विविधता संरक्षण अहिले जल्दोबल्दो विषय बनेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल र बेलायतबीच सदियौं पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री ठकुरीले बेलायत सरकारले नेपालको विकास र अन्य विभिन्न क्षेत्रमा साथ दिंदै आएको स्मरण गरे ।

ब्रिटिश गोर्खाहरुको ऐतिहासिक सम्बन्धले बेलायत नेपाल देश निकट रहेका र यो सम्बन्ध निरन्तर बढ्दै जाने पनि मन्त्रीको भनाई थियो ।

उनले दुई देशबीचको सम्बन्ध थप मजवुत बनाउन बेलायतस्थित नेपालीको भूमिका अहंम रहेको पनि उल्लेख गरे । जहां रहेपनि जन्मथलो नेपाललाई आफ्नो तर्फबाट पुर्‍याउनु पर्ने योगदानका लागि मन्त्रीले अनुरोध गरे ।

मन्त्री ठकुरीले यसअघि नेपालमा रहेका धेरै कानूनी जटिलतालाई सरकारले पछिल्लो चरणमा अध्यादेश ल्याएर सहजीकरण गरेको जनाउंदै अब विशेष गरि विदेशी लगानी थप सहज भएको बताए ।

उनले वर्तमान सरकार निश्चित उद्देश्य जस्तो सुशासन, समृद्धि र विकासका माध्यमबाट समृद्ध नेपाल बनाउने ठूलो जिम्मेवारीका साथ आएको र प्रधानमन्त्री केपी शर्मा ओलीले यस उद्देश्य पूरा गर्न गति दिइरहेको उल्लेख गरे।


मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धबारे मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार लन्डन आएका हुन् ।

मन्त्री ठकुरीले ९ देश सहभागी मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोण प्रस्तुत गर्दै जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

उनी बिहीबार साँझ नै बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएका थिए । मन्त्री ठकुरीले दरबारमा राजा चार्ल्स तृतीयले स्वागत समारोह गरेकामा धन्यवाद पनि दिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत चन्द्र कुमार घिमिरेले बेलायत र नेपालबीच दुई शताब्दी भन्दा लामो सम्बन्धको चर्चा गरे । उनले बेलायतसंग सम्बन्ध मजवुत बनाउन गोर्खाहरुको योगदान महत्वपूर्ण रहेको पनि बताए ।

उक्त स्वागत समारोहमा बेलायतस्थित नेपाली समुदायका लव्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register