म्यानमार भूकम्पमा एक हजार बढीको मृत्यु

म्यानमार, चैत १६ गते । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएको थियो […]

Mar 29, 2025 - 10:30
 0
म्यानमार भूकम्पमा एक हजार बढीको मृत्यु

म्यानमार, चैत १६ गते । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुगेको थियो ।

म्यानमारमा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार चार सय जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुरयाउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register