४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचीसहित)

काठमाडौं । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । न्यूओर्क टाइम्सकाअनुसार ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट प्रभावित हुनेछन् । ती देशलाई तीन भागमा छुट्याइएको छ, रेड, अरेञ्ज र यल्लोमा । ‘रेड लिस्ट’मा राखिएका देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइने बताइएको छ । ‘अरेञ्ज […]

Mar 15, 2025 - 09:32
 0
४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचीसहित)

काठमाडौं । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

न्यूओर्क टाइम्सकाअनुसार ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट प्रभावित हुनेछन् ।

ती देशलाई तीन भागमा छुट्याइएको छ, रेड, अरेञ्ज र यल्लोमा ।

‘रेड लिस्ट’मा राखिएका देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइने बताइएको छ । ‘अरेञ्ज लिस्ट’मा रहेका देशका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लाग्नेछ ।

साथै, ‘यल्लो लिस्ट’मा रहेका देशका नागरिकलाई ६० दिनभित्र आफ्ना सुरक्षासम्बन्धी कमीहरू सुधार नगरेमा अन्य सूचीमा सारिने चेतावनी दिइन्छ ।

यी कमजोरीहरूमा अमेरिका प्रवेश गर्ने यात्रुहरूको विवरण नदिएको, राहदानी वितरणमा कमजोर सुरक्षा प्रक्रिया अपनाएको वा प्रतिबन्धित देशका नागरिकलाई नागरिकता बेच्नेजस्ता मुद्दा समावेश हुन सक्छ ।

रेड लिस्टमा परेका देश

अफगानिस्तान
भूटान
क्युबा
इरान
लिबिया
उत्तर कोरिया
सोमालिया
सुडान
सिरिया
भेनेजुएला
यमन

‘अरेञ्ज लिस्ट’मा रहेका देश

बेलारुस
इरिट्रिया
हैटी
लाओस
म्यानमार
पाकिस्तान
रुस
सिएरा लियोन
दक्षिण सुडान
तुर्कमेनिस्तान

‘यल्लो लिस्ट’मा रहेका देश

अङ्गोला
एन्टिगुवा र बारबुडा
बेनिन
बुर्किना फासो
कम्बोडिया
क्यामरुन
केप भर्डे
चाड
कङ्गो गणराज्य
कङ्गो लोकतान्त्रिक गणराज्य
डोमिनिका
भूमध्यरेखीय गिनी
गाम्बिया
लाइबेरिया
मालावी
माली
माउरिटानिया
सेन्ट किट्स एन्ड नेभिस
सेन्ट लुसिया
साओ टोमे र प्रिन्सिपे
भानुआतु
जिम्बाब्वे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register