करण केसीको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ। स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको यस ऐतिहासिक जितमा करण केसीले ४१ बलमा अविजित ६५ रनको विष्फोटक पारी खेले। नेपालका लागि ओपनर […]

Jun 3, 2025 - 01:34
 0
करण केसीको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको यस ऐतिहासिक जितमा करण केसीले ४१ बलमा अविजित ६५ रनको विष्फोटक पारी खेले।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए। यस्तै गुल्शन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रनको महत्वपूर्ण योगदान दिए।

यो जितसँगै नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च रनको लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ। यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन (७२ बलमा १२ चौका र १ छक्का) बनाए। फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन जोडे।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए। सोमपाल कामीले १० ओभरमा ६६ र रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए। सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।

स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए। ज्याक जार्भिस र माइकल लिस्कले २-२ तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए।

यो जितसँगै नेपालको लिग २ मा १३ खेलबाट ८ अंक भएको छ र अंकतालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register