चैत १५ गते हजारौंलाई सडकमा उतार्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौंलाई उत्रार्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौंलाई उत्रार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष […]

काठमाडौं । समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौंलाई उत्रार्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौंलाई उत्रार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।
राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरु नडराएको भन्दै गणतन्त्र पक्षधरले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे ।
उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे ।
What's Your Reaction?






