प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार पाँचौं जीत

काठमाण्डौ, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए । [...] The post प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार पाँचौं जीत appeared first on Jhapa Online.

Mar 17, 2025 - 11:15
 0
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार पाँचौं जीत

काठमाण्डौ, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ ।

पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए ।

प्रतियोगितामा पुलिसको यो लगातार पाँचौं जीत हो भने सुदूरपश्चिमको पाँच खेलमा चौथो हार हो ।

The post प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार पाँचौं जीत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register