डढेलोले एक विद्यालयसहित ७ घर जले

खोटाङ। खोटाङमा लागेको डढेलोले एक विद्यालयसहित ७ घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो सोमबार बस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ७ घर जलेको हो । बाल्सीखोला सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा नगेन्द्र राई, हिरासेर राई, पृतिबहादुर राई, रणबहादुर राई,  अबिन्द्र राई, हिराधन राई र अडमे राईको घर […]

Mar 17, 2025 - 13:46
 0
डढेलोले एक विद्यालयसहित ७ घर जले

खोटाङ।

खोटाङमा लागेको डढेलोले एक विद्यालयसहित ७ घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलो सोमबार बस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ७ घर जलेको हो ।

बाल्सीखोला सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा नगेन्द्र राई, हिरासेर राई, पृतिबहादुर राई, रणबहादुर राई,  अबिन्द्र राई, हिराधन राई र अडमे राईको घर जलेको छ । आगलागीबाट अडमेको पशुचौपाय समेत जलेर मरेको हलेसी तुवाचुङ नगरपालिका–२ का वडाध्यक्ष देबेन्द्र राईले बताए । डढेलोले बालकन्या आधारभुत बिद्यालयमा पनि क्षति पु¥याएको वडाध्यक्ष राईले जनाए  । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको कार्यालय रहेको कोठा जलेको बताइएको छ ।

बस्तीका अन्य घरहरु पनि जोखिममा परेको स्थानीयले जनाएको छ । चैत्र–३ गते आइतबार नगरपालिकाको दाम्लीबाट डढेलो सुरु भएको थियो ।डढेलो फैलिएर दाम्लीखोला पार गरेपछि बस्तीतिर पसेको हो । क्षतिको बृस्तित विवरण आउन बाँकी रहेको वडाध्यक्ष राईको भनाई छ । सुरक्षा निकाय, नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि तथा स्थानीयले डढेलो निभाउने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन ।  यसअघि फागुन महिनामै हलेसी बजारमा आगलागीबाट चार घर जलेर नष्ट भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register