चीनतर्फ तस्करी हुँदै थियो ट्रकमा भेटिएको २५ करोड रुपैयाँ !  

काठमाडौँ । काठमाडौँमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँ चीनतर्फ तस्करी गर्दै गरेको खुलासा भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त ट्रक रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो ।  २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलरसहित ना ७ ख १६५२ नम्बरको ट्रक प्रहरीले काठमाडौँको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट समातेको थियो […]

Mar 18, 2025 - 11:05
 0
चीनतर्फ तस्करी हुँदै थियो ट्रकमा भेटिएको २५ करोड रुपैयाँ !  

काठमाडौँ । काठमाडौँमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँ चीनतर्फ तस्करी गर्दै गरेको खुलासा भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त ट्रक रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो । 

२५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलरसहित ना ७ ख १६५२ नम्बरको ट्रक प्रहरीले काठमाडौँको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट समातेको थियो । 

ट्रकसँगै प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पनि पक्राउ गरेको छ । भोटेकोशी गाउँपालिका १ का लामाले सिटको पछाडि फल्स बटम बनाएर उक्त रकम तस्करी गर्दै गरेको प्रहरीले जनाएको छ ।

यसो त डलर तस्करी आरोपमा पक्राउ परेका लामा यसअघि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेको पनि प्रहरीले जनाएको छ । ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका लामा २०७८ सालमा जेलबाट छुटेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register