‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोपमा शरद ओझा निलम्बनमा, ‘अव मिडियामै फर्कन्छन्’

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । ‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोप लागेपछि योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै ओझा निलम्बनमा परेका हुन् । ओझाको योग्यता सम्बन्धि विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । उनीविरुद्ध बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि […]

Jul 14, 2025 - 16:43
 0
‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोपमा शरद ओझा निलम्बनमा, ‘अव मिडियामै फर्कन्छन्’

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । ‘फेक कागज’ बुझाएर बीमा प्राधिकरणको अध्यक्ष बनेको आरोप लागेपछि योग्यताको विषयमा छानबिन गर्न मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समिति गठन गरेलगत्तै ओझा निलम्बनमा परेका हुन् । ओझाको योग्यता सम्बन्धि विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ ।

उनीविरुद्ध बीमा ऐन २०७९ अनुसारको योग्यता नपुगेपनि झूठो प्रमाण पेश गरेर नियुक्ति लिएको आरोप छ । बीमा ऐनको दफा १२ को उपदफा ३ बमोजिम अध्यक्ष वा कुनै सदस्यको हकमा सरकारले छानविन समिति गठन भएपछि छानविनको अवधि समाप्त नभएसम्मका लागि त्यस्तो व्यक्ति स्वतः निलम्बन हुने प्रावधान छ । उनीविरुद्ध बढीमा ३ महिना लगाएर छानविन हुनेछ ।

बीमा ऐन २०७९ मा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्ति प्राधिकरणको अध्यक्ष नियुक्त हुन योग्य हुने प्रावधान छ । उनले सम्बन्धित क्षेत्र भनेको आफुले काम गरेको पत्रकारिता क्षेत्र हो भन्ने व्याख्यासहितको विवरण बुझाएर अध्यक्षको नियुक्ति लिएका थिए ।

ऐनको प्रावधान अनुसार  उच्च व्यवस्थापकीय क्षेत्रमा काम गरेको कम्तीमा ५ बर्षको अनुभव हुनुपर्ने भए पनि उनले भने आफु मिडिया हाउसको प्रबन्धक भएको भनी सोहि अनुभवलाई देखाएका थिए ।

यता उनी यस विषयमा दोषी भए अन्य नियुक्तिको पनि बाटो बन्द हुनेछ भने उनीविरुद्ध थप केहि मुद्धाहरु पनि पर्ने स्थिति आउन सक्छ । यस्तो भएमा उनी पुन: मिडियामा फर्कने उनी निकटहरु बताउँछन् । ‘सफाई पाए शरद प्राधिकरण नै फर्किन्छ, दोषी ठहर भए उनी पाउनुपर्ने सजाय पाएर मिडिया खोल्ने प्लानमा छन् ।’ उनी निकट स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘मान्छे शरद सार्है राम्रो हो । पण्डितको छोरो, मनमा पाप पनि थिएन । तर व्यवसायीहरुले फसाए ।’

यस विषयमा सम्पर्क गर्न खोज्दा उनको फोन अफ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register