जीवन विकास लघुवित्तका शाखा प्रमुख कार्यालयमै मृत फेला

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् । शाखा प्रमुख ३२ वर्षीय भुपेन्द्र कुमार शाह कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।  नियमित कार्यालय आएर काम गरिरहेका शाखा प्रमुख शाह बुधबार कार्यालयमा मृत फेला परेका थिए । उनको मृत्युको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका […]

Mar 20, 2025 - 02:33
 0
जीवन विकास लघुवित्तका शाखा प्रमुख कार्यालयमै मृत फेला

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् । शाखा प्रमुख ३२ वर्षीय भुपेन्द्र कुमार शाह कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

नियमित कार्यालय आएर काम गरिरहेका शाखा प्रमुख शाह बुधबार कार्यालयमा मृत फेला परेका थिए । उनको मृत्युको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको मुचुल्का लिएर थप अनुसन्धान गर्ने काम भइरहेको छ । 

यता लघुवित्तका प्रबन्धक रमेश रायले पनि घटना के कति कारणले भयो ? भन्ने विषयमा आफूहरु अनविज्ञ रहेको बताएका छन् । उनले पनि शाखा प्रबन्धकको मृत्यु प्रकरणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जवाफ दिएका छन् ।

घटना भएपछि शाखा कार्यालयमा आफू नपुगेको भन्दै प्रबन्धक रायले घटनाको प्रकृति हेर्दा शाखा प्रबन्धक शाहले आत्महत्या गरेकोजस्तो देखिएको बताएका छन् । ‘म पनि घटनास्थलमा पुगेको छैन । तर सबै कुरा बुझ्दा उहाँले कार्यालयको कोठाभित्र आत्महत्या गरेको देखिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘अफिसको सिसिटिभीमा कोही अन्य व्यक्ति आएको/गएको देखिँदैन । बाँकी त प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

मोरङको झुर्किया घर भएका शाहले गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register