त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न क्रान्तिकारीको माग

काठमाडौँ, ८ चैत । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । त्रिवि फागुन ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । फागुन [...] The post त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न क्रान्तिकारीको माग appeared first on Jhapa Online.

Mar 21, 2025 - 08:28
 0
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न क्रान्तिकारीको माग

काठमाडौँ, ८ चैत । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

त्रिवि फागुन ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । फागुन ५ गतेको निर्वाचन ८ गतेका लागि सरेको थियो । तर, त्यो पनि अनिश्चित बनेर १० गतेसम्मका स्थगित भएको छ ।

नेविसंघको आन्तरिक विवादका कारण निर्वाचन प्रक्रियाको सुरुवातदेखि नै तालाबन्दी गरिएको थियो । जसले गर्दा पाँच गतेको निर्वाचन प्रक्रिया रोकिएको थियो । त्यसपछि ताला खुलेपनि उच्च अदालत पाटनमा मुद्दा हालेपछि निर्वाचन १० गते अघि अनिश्चित बनेको छ । जसले गर्दा विश्वविद्यालयमा अध्ययनरत ६ हजार भन्दा बढी विद्यार्थीहरूको आफ्नो मताधिकारबाट वञ्चित भएको भन्दै क्रान्तिकारी भर्त्सना गरेको छ । कुनै सङ्गठनको आन्तरिक किचलोको कारण विश्वविद्यालयमा समयमै स्ववियु निर्वाचन सम्पन्न नसकेको भन्दै क्रान्तिकारीले आपत्ति जनाएको छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले त्यस्ता मताधिकार विरोधी सङ्गठनको समयमै पहिचान गर्न र चिन्न जरुरी रहेको विज्ञप्ति उल्लेख छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न माग गरे । अन्यथा आफ्नो मताधिकार प्राप्तिका लागि हजारौँ विद्यार्थीहरूसँगै अखिल क्रान्तिकारी जस्तोसुकै आन्दोलनका लागि बाध्य हुने चेतावनी दिए ।

The post त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न क्रान्तिकारीको माग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register